काठमाण्डौँ , प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थानमा कार्तिक दोस्रो साता र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा राजिव गुरुङ (दीपक मनाङे)को पद गएपछि रिक्त भएको हो ।
मनाङ १ (२) मा कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव

Leave a Reply